काठमाडौं, २८ कात्तिक । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा १० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।
Comments







