स्थानीय तहका सार्वजनिक सरोकारका निर्णय सार्वजनिक गर्न प्रेस सेन्टरको माग

काठमाडौं २९ कात्तिक । प्रेस सेन्टर नेपालले सार्वजनिक सरोकारका विषय तथा स्थानीय तहबाट गरिने त्यस्ता निर्णयहरु बेवसाइटमार्फत सार्वजनिक गर्न माग गरेको छ ।

प्रेस सेन्टर नेपाल काठमाडौं शाखा अन्तर्गतको तार्केश्वर नगरपालिकाको प्रथम अधिवेशनले चार बुँदे तार्केश्वर घोषणा पत्र २०७८ जारी गर्दै नगरपालिका तथा वडाहरुबाट गरिने सार्वजनिक सरोकारका निर्णयहरु बेवसाइटमार्फत सार्वजनिक गर्न माग गरेको हो । भेलाले सूचनाको हकको कार्यान्वयन गर्न जोड दिएको छ ।

तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति

प्रेस सेन्टर तार्केश्वर नगरको पहिलो अधिबेशनबाट अध्यक्षमा सुनिता तिमल्सिना चयन भएकी छिन् । सेन्टरको शनिवार सम्पन्न प्रथम अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा लिजा मगर, मिना गौतम सचिवमा हरिश धिताल, कोषाध्यक्षमा रेशमकला तिमल्सिना र सदस्यहरूमा स्वस्तिका पोखरेल, अर्जुन गौतम, नवराज प्रसाई चयन भएका छन्। तीन जना पछि थप गर्ने गरी नयाँ कार्यसमिति चयन गरिएको हो।
नेकपा माओवादी केन्द्र काठमाडौँका अध्यक्ष हिमाल शर्माको प्रमुख आथित्यतामा सम्पन्न अधिवेशनमा नेकपा माओवादी केन्द्र तार्केश्वरका अध्यक्ष रामकुमार थापा, प्रेस सेन्टर उपत्यका प्रदेशका सह(इन्चाज कृष्ण लेकाली, संयोजक नवराज दाहाल, पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण अधिकारी, पत्रकार महासंघ उपत्यका प्रदेशका महासचिव टेनिस रोका, कोषाध्यक्ष अर्जुन पन्त, प्रेस सेन्टर काठमाडौँका संयोजक सागर पन्त, पत्रकार महासंघ काठमाडौँका अध्यक्ष सूर्य सुवेदीलगायतको उपस्थिति रहेको थियो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।