मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो गएको छ । आइतबार दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले बताए । हिमपहिरोका कारण कुनै क्षति भएको वा नभएको पुष्टि भएको छैन । सो क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलोमिटर भन्दा टाढा पर्ने र प्रहरी टोली त्यसतर्फ पठाइएको डीएसपी दानीले बताएका छन् । ‘प्रहरी त्यहाँ पुग्दैछ, विवरण आएको छैन ।

भाग्ने क्रममा ११ जना घाइते

हिमपहिरोको डरले भागदौड हुँदा ११ जना घाइते भएका छन् । हिमपहिरो खसेपछि भागदौड हुँदा मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका– २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ ।

हिमपहिरो खसेपछि त्यसको असरबाट जोगिन भागदौड हुँदा ९ जना सामान्य घाइते भएका र उनीहरुलाई जिल्ला अस्पतालतर्फ ल्याइएको डीएसपी दानीले बताए । नजिकै हिमपहिरो खसेपछि भागदौड भए पनि विद्यालयमा असर भने परेको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।