हिजो बढेको सुनको मूल्य आज घट्याे (मूल्यसहित)

आज नेपाली स्थानीय बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला सुनको मूल्य घटेको जानकारी दिएको हो । हिजो मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज ५०० ले घटेसँगै छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । मूल्य घटेसँगै चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।