नेपाल इन्फ्रास्ट्रक्चर बैंकले यही मंसिर २९ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्ना सेयर धनीलाई ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।
उक्त प्रस्ताव समेत साधारण सभाले पारित गर्ने बताइएको छ ।
८ प्रतिशतका दरले हुन आउने १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर वितरण गर्ने बताइएको छ । वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई उक्त रकम बराबरको बोनस सेयर र ८ करोड ४२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।