काठमाडौं ९ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा संलग्न इजलासमा सर्वोच्चका न्यायाधिसहरु सामेल नहुने भएका छन् । गोलाप्रथाबाट पेशी व्यवस्थापन भएपछि पनि सर्वोच्चका न्यायाधिसहरु जबरासँगको इजलासमा सामेल नहुनेमा एकजुट भएका हुन् ।
बुधबार प्रधानन्यायाधीश जबरा बाहेक सर्वोच्च अदालतमा बसेको १८ जना न्यायाधीशहरुको बैठकले गोलाप्रथा शुरु भएपछि समेत प्रधानन्यायाधीश संलग्न इजलासमा सामेल भएर सुनुवाइ गर्न असम्भव हुनेमा सबै न्यायाधीश एकमत भएका हुन् ।
आफूहरुले प्रस्तुत गरेको आरोप अहिले पनि फिर्ता लिएको अवस्था नरहेको भन्दै आफैंले त्यति गम्भिर आरोप लगाएका व्यक्तिसँग इजलासमा बसेर न्यायसम्पादन गर्न नसकिने उनीहरुले जनाएका छन् । न्यायाधिसहरुले विहीबार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका सीमित पदाधिकारीहरुसँग १८ जनाले छलफल गर्ने र गोलाप्रथाबारे छलफल गर्ने जनाएका छन् ।