काठमाडाैँ । नेपाली कांग्रेसको १४ औं महाधिबेशनको लागि धनकुटाबाट महाधिबेशन प्रतिनिधिमा विजयी २१ बर्षिय करुणा कट्वालले पार्टीले नयाँ नेतृत्व पाएसँगै विचार र सिद्धान्तसहितकाे पुस्ता रूपान्तरण हुँदा केहि नयाँ जाेस र उर्जाकाे साथ आउने बताएकी छिन् । नयाँ नेतृत्वले पार्टी र देशलाई विकासकाे गतिमा रफ्तार लिने उनकाे भनाइ छ । नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस इकाई समिति सभापति समेत रहेकी युवा नेतृ कट्वालले पार्टीको संगठन विस्तारमा लाग्ने बताइन् । कांग्रेसको १४ औं महाधिवशेनमा देशभरबाट युवा प्रतिनिधि धमाधम चयन हुँदै गर्दा धनकुटाबाट उनी महाधिबेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् ।
‘महाधिवेशनबाट पार्टीको नीति र नेतृत्व चयन गर्न उल्लेख्य संख्यामा युवायुवती प्रतिनिधि निर्वाचित हुँदा कांग्रेस मात्र होइन, नेपाली राजनीतिमा उज्ज्वल संकेत देखिएको छ ।’ उनले भनिन् । धनकुटाकी कट्वालले क्रियाशील सदस्यता पाएलगतै केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेद्वार बनेकाेमा उनी दोस्रो सर्वाधिक मतसहित निर्वाचित भइन् ।
‘नेपाली कांग्रेसको नेतृत्वमा युवाहरु आउनु पर्छ’ उनले भनिन् ‘कांग्रेसको राजनीतिलाई सही दिशामा लैजान नेतृत्व परिवर्तनसँगै पुस्तान्तरण हुनुपर्छ’ उनले बताइन् । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्ने नेतृत्व आउनुपर्ने उनको जाेड छ ।