माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण

काठमाडौँ १० पुष । नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा शनिबार बसेको स्थायी कमिटी बैठकमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावलाई केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको हो ।

त्यसलाई आइतबार बिहान ८ बजे बस्ने केन्द्रीय समिति बैठकले अनुमाेदन गर्नेछ । मा‌ओवादी केन्द्रको महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुनेछ । महाधिवेशन अवधि पनि थप गरिएकाे छ । अब ११ देखि १५ गतेसम्म गरिनेछ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।