काठमाडाैं १० पुष । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेर बहादुर देउवाले बाेलाएकाे बैठकमा अरूलाई नै चकित पार्ने गरि एमसिसीकाे विषयमा बाेलेकाे रहस्य खुलेकाे छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विषयमा भट्टराईले लिएको अडानले आफूहरु छक्क परेकाे बताएका छन् ।
सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नुपर्ने सन्भर्दमा डा. भट्टराईले लिएको अडानले आफूहरु आश्चर्यचकित भएको बताएका हुन् ।
‘उहाँ (बाबुराम भट्टराई) ले सर्वदलीय बैठकमा एमसीसी मेरै पालामा अघि बढेको हो र पास गर्नेपर्छ भनेर जिम्मेवारी लिएको देख्दा हामी त हेरेको हेरै भयौँ । बाबुराम जीले किन एमसीसीको स्वामित्व लिन खोज्नुभएको बुझ्न सकिएको छैन् ।’ प्रचण्डले भने ।
माओवादी केन्द्र एमसीसीको विरोधि नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताले नै बहस चालेको हुनाले संशोधन नगरी पास गर्न नहुने पक्षमा रहेको बताए ।
उनले भने – माओवादी एमसीसीको विरोधी होइन तर जनताले नै बहस चाहेको हुनाले संशोधन गर्नुपर्ने विषय संशोधन गरेर अगाडी बढ्नुपर्छ । तीन सदस्यीय टोलीले अहिले अध्ययन गरिरहेको छ । आएको सुझाव अनुसार नै अगाडी बढ्छ ।








