काठमाडौं ११ पुष । नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले महाधिवेशन अवधिभर खाना र बस्ने व्यवस्था आफैं मिलाउनुपर्ने भएको छ । प्रतिनिधिका लागि खाजाको प्रवन्ध भने पार्टीले मिलाएको छ ।
व्यवस्थापन समितिले प्रतिनिधिहरुले खाने, बस्ने व्यवस्था आफन्त, साथिभाइ र जनताको घरमा आफैं मिलाउनुपर्ने जनाएको छ । खाजाचाहिं पार्टीले खुवाउने व्यवस्थापन समितिको भनाई छ ।
महाधिवेशनको व्यवस्थापनमा खटिएका एक नेताका अनुसार खाजाको रुपमा मासु, चिउरा, पनिर लगायतका मेनु तयार पारिएको छ ।
महाधिवेशनमा सहभागी हुन देशभरबाट माओवादी प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् । महाधिवेशनमा १६ सय बढी प्रतिनिधिहरू सहभागी हुने माओवादी केन्द्रले जनाएको छ ।
Comments








