काठमाडौँ ११ पुष । नेकपा माओवादी केन्द्रले अध्यक्षसहित १५ पदाधिकारीहरुको प्रस्ताव गरेको छ । माओवादीले बहुपदिय प्रणाली अपनाउँदै एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ उप महासचिव र ३ सचिव र एक कोषाध्यक्षसहितको पदाधिकारी रहने गरी विधान परिमार्जनको प्रस्ताव महाधिवेशनमा लैजान लागेको हो ।
वरिष्ठ उपाध्यक्ष र उप महासचिवको व्यवस्था भने माओवादीले पहिलो पटक गर्न लागेको हो । एमालेसँग एकीकरण पूर्व माओवादीले बहुपदीय संगठनात्मक प्रणालीलाई अपनाउँदै आएको थियो ।

आइतबारबाट सुरु हुने आठौं महाधिवेशनमा नीति पारित गर्ने र अध्यक्ष बाहेक अन्य पदाधिकारीको चयन हुने छैन । अध्यक्ष बाहेक अन्य पदाधिकारीहरुलाई केन्द्रीय कमिटीले चुन्ने व्यवस्था छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।