काठमाडौँ १३ पुस । प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थाको आर्थिक तथा प्रशासनिक पक्ष सबल रहेको स्पष्ट पारेको छ । ललितपुर महानगरपालीका थसिखेलस्थित संस्थाका बारेमा भ्रामक प्रचारप्रचार भएको भन्दै त्यस्ता भ्रममा नपर्न सबै सेयर सदस्यलाई निश्चीन्त रहन आग्रह समेत गरेको छ ।
संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “केही दिनयाता यस सहकारी संस्थाबारे कपोलकल्पित एवम् भ्रम सिर्जना गर्ने गरी अनर्गल, प्रचार गरिएको छ, सम्पूर्ण सहकारी संस्थाका सदस्य तथा शुभचिन्तकहरूलाई त्यस्ता भ्रममा नपर्न अनुरोध छ ।”
सहकारी अभियानमा विगत २१ वर्षदेखि आफ्नो कार्यक्षेत्रमा १३ हजारभन्दा बढी सदस्यहरूमा आफ्नो सेवा प्रदान गर्दै सदस्यहरूको मन जित्न सफल यस संस्थाले आफ्ना सदस्यहरूको हकहित र लगानीलाई सुरक्षा सहितको प्रतिफल दिँदै आइरहेको यर्थाथता सबै सदस्यहरू, शुभचिन्तक तथा सम्बन्धित नियमनकारी निकायलाई अवगत नै छ । संस्थाको आर्थिक प्रशासनिक पक्ष सबल रहेको जानकारी गराउँदै यस्ता तथ्यहिन भ्रामक प्रचार नपर्न अनुरोध गरेको छ ।








