१३ पुस, काठमाडौं । नेपालमा मंगलबारदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र वर्षा तथा हिमपात हुने मौसमविदको अनुमान छ । याे शनिबारसम्म कायम रहने भएकाे छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यो प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु वासीका अनुसार सुदूरपश्चिम क्षेत्रमा अहिले यसको सामान्य प्रभाव देखिइसकेको छ । अहिले सो क्षेत्रमा बादल लागेको छ । सुदूरपश्चिममा बुधबारदेखि पानी पर्न सुरु गर्ने छ ।