काठमाडौं २१ पुष । अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला ९०० रुपैयाँले घटेको सुनको भाउ बुधबार भने बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, मंगलबार छापावाल सुन तोलाको ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।