प्रधानन्यायाधीशको श्रीमतीका नाममा अवैध स्रोतबाट आर्जित एक अर्ब बढी !

काठमाडौं २१ पुष । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पत्नी सम्पत्ति रेजी राणा क्षत्रीको नाममा अवैध स्रोतबाट आर्जित एक अर्ब बढीको सम्पत्ति रहेको पाइएको छ ।

जबराका परिवार र अन्य आफन्तको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा निवेदन दिएका डा गोविन्द केसीले यसै विषयमा अर्को उजुरी पनि हालेका छन् ।

बृहत् नागरिक आन्दोलनका तर्फबाट डा केसीले मंगलबार पूरक निवेदन दिएका हुन् । जसमा उनले प्रधानन्यायाधीश जबराकी पत्नी रेजी राणा क्षत्रीका नाममा अवैध स्रोतबाट आर्जित एक अर्ब बढीको सम्पत्ति रहेको दाबी गर्दै छानबिन गर्न विभागसँग आग्रह गरेका छन् ।

यसअघि डा. केसीले यही पुस ११ गते प्रधानन्यायाधीश जबराको परिवारका सदस्य र अन्य आफन्तका नाममा स्रोत नखुलेको सम्पत्ति रहेको भन्दै छानबिन र कारबाही गर्न माग गरी पहिलो निवेदन दिएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।