काठमाडौं २३ पुष । नेकपा माओवादी केन्द्रको यही पुस २५ गते बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । बैठक माघ ८ गतेसम्मका लागि स्थगित गरिएको हो ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयले कार्यालयका कर्मचारीहरु र केही केन्द्रीय सदस्यहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएकाले बैठक स्थगित गरिएको जनाएकाे छ । यसअघि संक्रमणको जोखिम बढेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकर्ता भेटघाट बन्द गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।