नेपालमा थप २४ जनामा ओमिक्राेन पुष्टि, तेस्राे लहरकाे खतरा बढ्याे

काठमाडौं २३पुस । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २६ जनाको जिन सिक्वन्सिङ गर्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्रका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पोजिटिभ नमूनाको जिन सिक्वन्सिङ गर्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको हो । यसअघि नेपालमा तीन जनामा ओमिक्रोम पुष्टि भएको थियो । योसँगै नेपालमा ओमिक्रोम पुष्टि हुनेको सङ्ख्या २७ पुगेको छ ।