काठमाडाैं २४ पुस । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई काेराेना पुष्टि भएकाे छ । उनले सामाजिक सञ्जालमा आफूलाई संक्रमण भएकाे जानकारी गराएका छन् । हालै मात्र माओवादीले महाधिवेशन सम्पन्न गरेकाे थियाे । महाधिवेशनमा सहभागीहरूमा संक्रमण बढ्दै गएकाे पाइएकाे छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।