काठमाडाैं २८ पुष । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट कलेज गइरहेका एक विद्यार्थीको मृत्यु भएको छ।

बिहान करिब ५: ३० बजेको समयमा प्रदेश १-०१-०१२ प ७१५२ नम्बरको मोटरसाईकलबाट नेपाल दर्शन कलेज गइरहेका उर्लाबारी ७ का निश्चल बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। बिपरित दिशाबाट आउँदै गरेको ट्याक्टरको ठक्करबाट २१ वर्षिय बानियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका-६ का १९ वर्षिय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक बानियाँको शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा राखिएको प्रहरीले जनाएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।