यस्तो छ आजका लागि तोकिएको विभिन्न तरकारी तथा फलफुलको मूल्य

काठमाडौं २८ पुष । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी तथा फलफुलको मूल्य निर्धारण गरेको छ । जस अनुसार अदुवाका मूल्य प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ तोकिएको छ । आलु रातो ३६ देखि ४० रुपैयाँ आलु रातो (भारतीय) ३२ देखि ३५ रुपैयाँ, आलु सेतोको मूल्य २८ देखि ३० रुपैयाँ प्रति केजी तोकिएको छ ।
आजका लागि काउली तराईको मूल्य २५ देखि ३० रुपैयाँ मूल्य निर्धारण गरिएको छ भने स्थानीय काउलीको मूल्य पनि २५ देखि ३५ रुपैयाँ प्रतिकेजी तोकिएको छ ।
आजका लागि कागतीको मूल्य प्रति केजी १०० देखि १२० रुपैयाँ प्रतिकेजी तोकिएको छ । केरा ९० देखि १०० रुपैयाँ, गोलभेडा ठूलो –नेपाली) ७० देखि ८० रुपैयाँ, सानो तराईको २५ देखि ३० र भारतीय २० देखि २५ रुपैयाँप्रति केजी मूल्य तोकिएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।