काठमाडौँ ५ माघ । सुनको मूल्य आज बुधबार एक सय रुपैयाँ र चाँदी ३० रुपैयाँ प्रति तोलाले बढेको छ ।

मंगलबार ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक सय रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ कायम भएको हो ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार २ सय तोकिएको छ । आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर एक हजार २ सय ८५ पुगेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।