काठमाडौं ४ माघ । काठमाडौं उपत्यकामा मात्रै १५ हजार भन्दा बढी सक्रिय संक्रमित रहेको पाइएको छ । विगत चार दिनमा मात्रै १४ हजार बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको कोभिड संक्रमितको विवरण अनुसार ५५४९ जना संक्रमित काठमाडौं उपत्यकामा थपिएका छन् ।
माघ १ गते २२२०, माघ २ गते ३३४७, माघ ३ गते ३०३० जना संक्रमित काठमाडौं उपत्यकामा थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंमा मात्र पछिल्लो २४ घण्टामा ४००४ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो पटक थपिएका मध्ये काठमाडौं उपत्यकामा ५ हजार ५४९ जना नयाँ संक्रमितमा काठमाडौंमा ४००४, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा देशभर १०,२५८ जनामा संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमित ५ सय भन्दा बढी हुने जिल्लाको संख्या १२ पुगेको छ ।