काठमाडौं ९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्षपत्नी सिता दाहालको स्वास्थ्य अवस्था बिग्रिए फेरि अस्पतालको सघन कक्ष (आइसियू)मा तीन दिनदेखि उपचार जारी रहेको छ । अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार अध्यक्षपत्नी सिता दाहाललाई कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्यमा समस्या उत्पन्न भएसँगै अस्पताल भर्ना गरिएको हो । हाल स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जनाएको छ ।
यसअघि, अध्यक्ष प्रचण्डसहित सचिवालयमा रहने विभिन्न व्यक्तिहरुलाई पनि कोरोना पोजेटिभ देखिएको थियो । अध्यक्षसहित सचिवालयका कर्मचारीहरु अहिले स्वस्थ भइसकेका छन् । अध्यक्ष दाहालपत्नी भने लामो समयदेखि बिरामी रहँदै आएकी छिन् ।
Comments