काठमाडौँ ९ माघ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कोरोनाविरुद्धको खोप अभियान स्थगित भएको छ ।

अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोभिड १९ संक्रमण देखिएपछि खोप कार्यक्रम स्थगित गरिएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

आइतबार अस्पतालले विज्ञप्ति जारी गर्दै भोलि (सोमबार) देखि अर्को आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित गरिएको जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।