काठमाडौं २० माघ । सामाजिक सञ्जाल फेसबुकको १८ वर्षे इतिहासमा पहिलो पटक दैनिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या घटेको छ। फेसबुकको माउ कम्पनी मेटाका अनुसार दैनिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या सन् २०२१ को अन्तिम तीन महिनामा एक अर्ब ९२ करोड ९० लाख रहेको थियो। त्यसअघिको त्रैमासिकमा त्यस्ता प्रयोगकर्ताको सङ्ख्या एक अर्ब ९३ करोड थियो।
उक्त विवरण आएको केही घण्टापछि न्यूयोर्कमा मेटाको सेयर मूल्य २० प्रतिशतभन्दा बढीले घटेको थियो। उक्त गिरावटले कम्पनीको मूल्यमा करिब २०० अर्ब डलर ह्रास आएको छ। ट्विटर, स्न्यापच्याट र पिनट्रिस्टको मूल्य पनि खस्किएको छ।
Comments







