काठमाडाैं २१ माघ । मोरङको ग्रामथान–१, खुनियाकट्टा र बुढीगंगा–५ क्षेत्रमा बर्डफ्लु देखिएको छ । किसानले पालेका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएको हो । रोग अन्यन्त्र फैलिन नदिन १६ सय ५० लेयर्स कुखुरा, ५० परेवा, ४ हजार २ सय अन्डा, ११ सय ५० किलो दाना र ४ हजार गोटा अन्डा नष्ट गरी सुरक्षित किसिमले डिस्पोज गरिएको पशुसेवा विभागका निमित्त महानिर्देशक लेखराज दाहालले जानकारी दिए ।

‘बर्डफ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन तत्काल संघ, प्रदेश तथा स्थानीय तहका निकायको समन्वयमा विज्ञसहितको टोली परिचालन गरिएको छ । रोग देखिएयका क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी, अन्डा, दानालगायत रोग सार्न सक्ने वस्तु नष्ट गरी नियन्त्रण गरिएको छ,’ दाहालले भने, ‘रोग देखिइसकेका क्षेत्रलाई पूर्ण निःसंक्रमण गरिसकेका छौं ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।