काठमाडौँ २ फागुन । सभामुख अग्नि प्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठक प्रतिपक्षी दल एमालेले बहिस्कार गर्ने भएको छ ।आज सोमबार दिउँसो २ बजेका लागि सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए ।
तर एमालेले सभामुखको भूमिका, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लगायत कारण देखाउँदै सर्वदलीय बैठकमा नजाने भएको हो । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले न्यायालयमाथि यति गम्भीर निर्णय गर्दा पनि सरकारले प्रमुख प्रतिपक्षीसँग कुनै सल्लाह नगरेको भन्दै बैठकमा नजाने बताएका छन् ।
Comments







