काठमाडौं २ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता पक्षका सांसदले महाअभियोग दर्ता गरेपछि एमालेले पनि चार न्यायाधिशलाई महाअभियोग लगाउने तयारी गरेको छ । एमालेले सभामुखमाथि महाअभियोग दर्ता गराउन एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलनको गृहकार्य थालेको एक नेताले जनाएका छन् ।
सोमबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको एमालेले त्यहीँबाट हस्ताक्षर सङ्कलन गर्ने र महाभियोगको प्रस्ताव तयार पार्ने तयारी गरिरहेको जनाइएको । संसदीय दलको बैठकमा अनिवार्य उपस्थित हुन एमालेले आइतबार नै आफ्ना सांसदलाई ह्विप जारी गरिसकेको छ ।
आइतबार साँझ पार्टी अध्यक्ष केपी ओलीको निवासमा बसेको एमाले सचिवालयको बैठकले चोलेन्द्रशमशेर जबरामाथि लागेको महाभियोगको प्रतिवाद गर्ने निर्णय गरेको थियो । सोही प्रतिवादको तयारीका लागि एमालेले सोमबार संसदीय दलको बैठक बोलाएको हो ।





