काठमाडौँ ३ माघ । नेपाली बजार मंगलबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य तोलामा १२०० रुपैयाले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ९६ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सोमबार छापावाल सुन प्रति तोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९५ हजार रुपैयाँमा कारोबार कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला १३०० रुपैयाँ मूल्य रहेको चाँदी मंगलबार २० रुपैयाले बढेर १३सय २० कायम भएको छ ।
Comments







