काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

मंगलबार नेपाली कांग्रेस संसदीय दलको बैठकमा उनले आफूले समामुख अग्निप्रसाद सापकोटासँग यस विषयमा परामर्श गरेको र एमसीसी सम्झौता टेबुल हुनेमा विश्वस्त रहेको बताएका कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए । ‘मैले सभामुखसँग यस विषयमा परामर्श गरेको छु र म भोलि टेबुल हुन्छ भन्ने कुरामा विश्वस्त छु भनेर सभापतिज्यूले भन्नुभएको छ’ उनले भने ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।