काठमाडौं ४ फागुन । आज बस्ने प्रतिनिधिसभाको बैठकमा सर्वाधिक विवादित अमेरिकी सहयोग एमसिसी सम्झौता टेबुल हुने भएको छ ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सांसद तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी टेबुल गर्न अधिक बल प्रयोग गरेका छन् । प्रधानमन्त्री र कांग्रेस सांसदहरुले सरकारले ल्याएको प्रस्ताव सभामुखले रोक्न नमिल्ने भन्दै सभामुखमाथि दबाब बढाएका छन् ।
यसअघि आजको बैठकका लागि तय गरेको कार्यसूचिमा एमसिसीको विषय समावेश नभएपनि प्रधानमन्त्री र कांग्रेसका सांसदहरुको दबाबका कारण आजै टेबुल हुने जनाइएको छ ।