काठमाडौं ४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाको जोडबलमा जसरी पनि एमसिसी टेबुल हुने भएपछि सत्ता साझेदार नेकपा माओवादी केन्द्रले आफ्नो रणनीति तय गर्न अहिले बिहान १० बजे संसदीय दलको बैठक आह्वान गरेको छ ।

एक नेताका अनुसार बैठकले एमसिसी टेबुल हुँदा उठेर विरोध गर्ने कि बाहिरिने भन्ने विषयमा निर्णय गर्नेछ । हामीले सहमति नजुटी टेबुल नगरौं भनेका छौं, तर अब जसरी पनि टेबुल हुने कुरा नरोकिने भयो, हामी के गर्ने भन्ने विषयमा अब निर्णय गर्छौ, ती नेताले भने ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।