एमसीसी विरुद्धको विरोधमा माओवादी नेता श्रेष्ठ पनि निस्किए सडकमा

काठमाडौं ४ फागुन । एमसिसी विरुद्धको आन्दोलनमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सडकमा उत्रिएका छन् ।

नयाँबानेश्वर क्षेत्रमा भेला भएर प्रदर्शनमा उत्रिएका पार्टी कार्यकर्ताहरुमाझ श्रेष्ठ पनि पुगेका थिए । माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेपछि श्रेष्ठ पनि प्रदर्शनमा सहभागी भएका हुन् ।

माओवादी केन्द्रका वाईसीएल, अखिल क्रान्तिकारी लगायतका भ्रातृ संस्थाहरु बिहानैदेखि नयाँबानेश्वर क्षेत्रमा भेला भएर प्रदर्शन गरेका छन् । सो क्षेत्रमा नेकपा एकीकृत समाजवादी, राप्रपा, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायतले पनि प्रदर्शन गरेका छन् । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा नयाँबानेश्वर क्षेत्र दिनभर जसो नै तनावग्रस्त बनेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।