जबरजस्ती करणी मुद्दामा जेल जाँदै एमाले सांसद, अदालतद्धारा पक्राउ पुर्जी जारी

काठमाडौँ । जबरजस्ती करणीको अभियोगमा नेकपा (एमाले) का नेता तथा मुगुका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जबरजस्ती करणी गरेको मुद्दा परेपछि जिल्ला अदालत बाँकेले न्यौपानेविरुद्ध पक्राउ पुर्जी आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मुधुसुदन न्यौपानेले अदालतबाट आदेश प्राप्त भएको जानकारी दिएका छन् ।

जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले सांसद बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको दाबीसहित उजुरी दिएकी थिइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।