काठमाडौं ६ फागुन । अमेरिकाले एमसिसीको नाममा अहिले भईरहेको शान्तिपूर्ण आन्दोलनलाई लक्षित गरेर एमसिसीको नाममा हिंसा वा हिंसा भड्काउने विचार नस्वीकार्ने चेतावनी दिएको छ ।
केही दिनअघि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेर एमसिसी पारित नभए चीनका कारण नभएको ठान्ने बताउँदै नेपाली नेताहरुलाई धम्की दिएको समाचारहरु प्रकाशित भएका थिए ।
पुनः नेपालका लागि अमेरिकी राजदूत र्याडी बेरीले एमसीसीको विषयलाई लिएर खुला बहसको समर्थक रहे पनि अमेरिकाले हिंसा वा हिंसा भड्काउने किसिमका विचार नस्वीकार्ने बताएका छन् । उनले एमसीसीबारे हिंसा भड्काउने विचारहरू स्वीकार्न नसकिने बताएका छन् ।
दूतावासको आधिकारिक अकाउन्टबाट शुक्रबार एक ट्वीट गर्दै राजदूत बेरीले भनेका छन्, ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो।’








