काठमाडाैं । रुसी सेनाले ४४ मिलियन जनसङ्ख्या भएको युक्रेनमा विभिन्न दिशाबाट ठूलो आक्रमण गरिरहेको छ।
रुसी फौज किएभनजिकै आइपुग्दा युक्रेनले प्रतिरोध गरिरहेको जनाएको छ। विभिन्न अन्तराष्ट्रिय न्युज एजेन्सीहरूका अनुसार किएभ नजिक चर्काे युद्व जारी छ । युक्रेनका स्वास्थ्यमन्त्रीले रुसले आक्रमण गरेपछि अहिलेसम्म १९८ जना युक्रेनी नागरिकको मृत्यु भएको जानकारी दिएका छन्। युक्रेनले आक्रमणमा सम्मिलित ३,५०० भन्दा बढी रुसी सैनिकको मृत्यु भएको र झन्डै २०० जनालाई बन्दी बनाइएको दाबी गरेको छ।
Comments







