काठमाडौं । रुस र युक्रेनबीच युद्ध जारी रहेको बेला जर्मनीले युक्रेनप्रतिको आफ्नो नीति परिवर्तन गर्दै निक्कै ठूलो मात्रामा हतियार सहयोग गर्ने निर्णय गरेको छ ।

जर्मनीका चान्सलर ओलाफ शल्ट्सले युक्रेनलाई एक हजार एन्टीट्यांक हतियार र जमिनबाट आकाशमा मार हान्नसक्ने पाँच सय मिसाइल पठाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।

यसैगरी जर्मनीको यातायात मन्त्रीले आफ्नो हवाई क्षेत्रमा रुसी एयरलाइन्सलाई रोक्ने पनि बताएका छन् । यसअघि नै एस्टोनिया, पोल्याण्ड, बुल्गेरिया र चेक रिपब्लिकले पनि यस्तै निर्णय गरिसकेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।