काठमाडौं १६ फागुन । उत्तरी छिमेकी चीनले प्रतिनिधिसभाबाट पारित भएको एमसीसी सम्झौता सम्बन्धमा व्याख्यात्मक घोषणालाई ‘ध्यान दिएको’ बताएको छ ।
नेपालको संसदबाट एमसिसी सम्झौता पारित भएको भोलिपल्ट सोमबार बेइजिङमा नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले नेपाली जनताको विकासको बाटो छनोटलाई समर्थन गर्ने बताएका छन् । उनले एक मित्रवत छिमेकी र विकासको साझेदारका रुपमा चीनले सधैंझै नेपाली जनताको चाहनालाई समर्थन गर्ने पनिबताएका छन् ।
प्रवक्ता वाङले अन्तर्राष्ट्रिय विकास सहयोगले पारस्परिक सम्मान र समान व्यवहारको सिद्धान्तलाई पालना गर्नुपर्ने र सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्ने कुरामा बारम्बार जोड दिने गरेको बताए । उनले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरी कुनै राजनीतिक शर्त नराख्ने कुरामा अचीनले जोड दिदै आएको बताए ।
यसअघि पनि चीन एमसीसीबारे दुई पटक प्रतिक्रिया दिइसकेको छ । जसमध्ये जबरजस्ती कुटनीतिक प्रयोग गरेर एमसिसी पास गर्न खोजेको चीनले आरोप लगाईसकेको छ ।