भारतद्धारा किएभ छोड्न आफ्ना नागरिकलाई निर्देशन, नेपालद्धारा आफ्ना नागरिकको उद्धारमा चरम बेवास्ता

काठमाडौं १७ फागुन । भारत सरकारले आफ्ना नागरिकलाई चाँडो भन्दा चाँडो युक्रेनको राजधानी किएभ छाड्न चेतावनी दिएको छ । रेल वा अन्य जुनसुकै माध्यमबाट भए पनि आफ्ना नागरिकलाई राजधानी छाड्न एडभाइजरी जारी गरेको छ ।

भारतले आफ्ना नागरिकको रेस्क्यू गर्न लडाकु विमान पठाउने तयारी गरेको छ । भारतीय मिडियाका अनुसार आज यस्तो निर्णय भएको हो ।
यता, नेपाल सरकारले भने आफ्ना नागरिकको उद्धारमा बेवास्ता गरेको पाइएको छ । नेपाल सरकार सुरुदेखि नै आफ्ना नागरिकको उद्धारमा बेवास्ता गर्दै आएको पाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।