Sunday, August 30, 2026
25.1 C
Kathmandu
Home समाचार सुनको मूल्य १ लाख ३ हजार नजिक (आजको मूल्यसहित)

सुनको मूल्य १ लाख ३ हजार नजिक (आजको मूल्यसहित)

काठमाडौं । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च मूल्यमा पुगेको छ । यसअघि १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको भाउ बुधबार सोहि विन्दु नजिक पुगेको हो ।

आइतबार सुनको भाउ प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँ पुगेको छ यो भनेको उच्च मूल्यबाट १ हजार ६०० रुपैयाँ मात्रै कम हो। यसअघि २०७७ साउन २३ गते सुन तोलाकै १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । अहिले सुन सोहि मूल्य भेटाउनेगरी अघि बढेको छ।

पछिल्लो समय रुस र युक्रेनको युद्धले गर्दा अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दै गएको छ। विश्व बजारमा सुनमा गरिएको लगानीलाई सबै भन्दा सुरक्षित मानिने गर्छ । त्यसैले पनि अन्य क्षेत्रमा लगानी गर्न छाडेर सुन खरिद गर्न थालिएकोले सुनको माग बढ्दो क्रममा छ। यसले गर्दा भाउ दैनिक रुपमा बढ्दै गएको छ। पछिल्लो तथ्याँक अनुसार अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति आउन्स १ हजार ९७० डलरमा कारोबार भइरहेको छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।