काठमाडाैं २३ फागुन । आइतबार प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यस दिन १ हजार १०० रुपैयाँ बढेर १ साताको दोस्रो दिन, सुनको मूल्य बढेर अलटाइम हाइ नजिक पुगेको छ। ३ हजार पुगेको छ। यो हालसम्मको उच्च मूल्यभन्दा ५०० रुपैयाँ मात्र कम हो। छापावाल सुनको मूल्य २०७७ साउन २३ गते हालसम्मकै उच्च अर्थात १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको थियो।

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि बढ्न पुगेको हो। सोमबार तेजाबी सुनको मूल्य भने १ लाख २ हजार ५०० रुपैयाँ कायम गरिएको छ।

यस दिन सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन प्रतितोला १० रुपैयाँ बढेर १ हजार ४२५ रुपैयाँ पुगेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।