काठमाडौँ २३ फागुन । रसियाद्वारा युक्रेनमा आक्रमण भएपछि
रामेछापका विष्णु पाण्डे एक हप्ता हिडेर फ्रान्स पुगेका छन् । रुस र युक्रेनबीच युद्ध सुरु भएपछि राजधानी किभ जोड्ने सबै राजमार्ग बन्द हुँदा विष्णु पाण्डे आफ्ना ११ जना साथीहरूसँगै किभमै थुनिए । नजिकै गोली र रकेट पड्किन थालेपछि मान्छेको भागाभाग सुरु भयो । किभबाट मानिसहरू बाहिरिन थाले । झिटिझाम्टा बोकेर सबै बाहिरिन थालेपछि उनीहरू पनि आँत्तिए ।
युद्ध सुरु भएको दुई/तीन दिनमै बाहिरिन खोज्दा उनीहरूले बस पाएनन् । सार्वजनिक बस र रेलहरूसमेत बन्द भएपछि जनही एक हजार रिभ्निया (युक्रेनको मुद्रा) तिरेर उनीहरूले एउटा ट्याक्सी लिएका थिए । तर‚ ट्याक्सीले बिच बाटोमै छाडिदिएपछि करिब एक साता पैदल हिँडेरै युक्रेनसित सीमा जोडिएको मुलुक पोल्यान्ड पुगे ।

पोल्यान्डको सीमा क्षेत्रमा आएपछि पनि सीमा पार गर्न दुई दिन त लाइनमै बस्नुपरेको उनीहरू बताउँछन् । उनीहरू हाल पेरिस पुगेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।