Sunday, September 27, 2026
20.1 C
Kathmandu
Home मुख्य समाचार रूसले युक्रेन कब्जा गरे अमेरिकीलाई बचाउन अमेरिकाले सेना नपठाउने

रूसले युक्रेन कब्जा गरे अमेरिकीलाई बचाउन अमेरिकाले सेना नपठाउने

काठमाडाैं २५ फागुन । रुसले युक्रेनसँग जोडिएको सीमा क्षेत्रमा आफ्नो सैन्य कारबाही जारी राखेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि मस्कोले युक्रेन कब्जा गरे त्यहाँ रहेका अमेरिकीलाई बचाउन अमेरिकाले सेना नपठाउने बताएका छन्। उनले युक्रेनको अवस्था चाँडै खतरनाक बन्नसक्ने भन्दै अमेरिकी नागरिकहरूलाई तत्काल उक्त देश छाड्न आह्वान गरेका छन्।

इस्टोनिया, लाट्भिया र लिथुआनियाका नेताहरूले पूर्वी युरोपमा सैन्य सहयोग बढाउन आफ्ना नेटो साझेदारलाईआह्वान गरे लगत्तै बाइडनको उक्त भनाइ आएको हो। मस्कोले युक्रेनलाई कब्जा गर्ने योजनालाई अस्वीकार गरेको छ र पश्चिमा देशहरूलाई युद्ध उन्माद फैलाएको आरोप लगाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।