काठमाडौं २६ फागुन । संखुवासभामा आज बिहान बस दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।
संखुवासभाबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनास्थलमा उद्धारको कार्य जारी रहेको छ । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।
Comments







