काठमाडौं २७ फागुन । रुसी सेना युक्रेनको राजधानी नजिकै पुगेको छ । रुस–युक्रनबीच युद्ध भएको आज १६ दिन रुसी फौज युक्रेनका राजधानी किभ कब्जा गर्ने दिशातर्फ अघि बढेको छ ।

रुसले युक्रेनको चार ठूला शहरलाई घेरिसकेको छ र उसको सेना राजधानी किभ नजिक पुगिसकेको हाे । रुसी हमलाको बावजुद पूर्वमा खार्किभ अझै युक्रेनकै नियन्त्रणमा रहेको छ । तर मानवीय करिडोरको माध्यमबाट त्यहाँबाट हजारौँ मानिस सुरक्षित रुपमा निक्लन सफल भएका छन् ।

किभमाथि रुसले आफ्नो दृष्टि लगाइरहेको छ र शहरको सीमामा चारैतर्फबाट रुसी सैनिकले घेरा हालेको समाचारमा जनाइएको छ । विगत २ दिनमा युक्रेनको सुुमी र किभबाट ८० हजार मानिस बाहिरिसकेका छन् । रुसी सेना अघि बढ्दै जाँदा अमेरिकाले भने युक्रेनमा सेना पठाउनबाट पछि हटेको छ । त्यसो त रुसले युक्रेनको भूमिमा अमेरिकी सेना जैविक गतिविधि देखिएको दाबी गर्दै आएको छ । संयुक्त राष्ट्रसंघले यो समय युद्ध प्रभावितलाई समर्थन गर्ने र उनीहरुप्रति आत्मियता देखाउने समय भएको बताएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।