काठमाडौं २७ फागुन । रुकुम पूर्वको सिस्ने गाउँपालिकामा प्लास्टिकको ड्रमभित्र बम भेटिएका छन् । २ नम्बर वडाको बुर्की सल्लामा द्वन्द्वकालीन अवस्थामा राखिएका बम भेटिएको बताइएको छ । ड्रमभित्र कति बम छन् भन्ने यकिन भइसकेको छैन ।
बिहीबार गाई चराउन गएका गाउँलेले बम भेटेका थिए । ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा बम भेटिएको हो
। पुरानो ड्रमभित्र राखिएका बमको संख्या यकिन नभए पनि एक दर्जन जति बम हुनसक्ने आकलन गरिएको छ ।
Comments