Wednesday, September 23, 2026
20.1 C
Kathmandu
Home मुख्य समाचार युक्रेनमा अमेरिका रुसविरुद्ध लडे तेस्रो विश्वयुद्ध हुन्छ : बाइडन

युक्रेनमा अमेरिका रुसविरुद्ध लडे तेस्रो विश्वयुद्ध हुन्छ : बाइडन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो देशले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप नगर्ने बताएका छन्। उनले अमेरिकी सेनाले रुसविरुद्ध लड्नुको अर्थ ‘तेस्रो विश्वयुद्ध सुरु गरे सरह’ हुने चेतावनी दिए। युक्रेनले भने पश्चिमा देशहरूसँग पटक पटक नेटोमार्फत सैन्य सहायताको माग गरिरहेको छ।

यद्यपि अमेरिकामा, राष्ट्रपति बाइडनले रुसमाथि नयाँ प्रतिबन्धहरू घोषणा गरेका छन्। जस अन्तर्गत रुसी रक्सी, समुद्री खाद्य सामग्री र हीराको आयातमा रोक लगाइएको छ।

उनले अमेरिकाले रुसी कुलीन वर्गमाथि आर्थिक प्रतिबन्ध बिस्तार गर्दै लग्ने समेत बताएका छन्। रुसले भने संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा, युक्रेनमा अमेरिकाको सहयोगमा जैविक हतियारका गतिविधिहरू भएको दाबी गरेको छ। उसले यथेष्ट प्रमाणविना नै युक्रेनका ३० वटा प्रयोगशालामा जैविक हतियार विकास भइरहेको बताएको हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।