काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छिन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको थापाथलीस्थित कार्की ब्यांक्वेटमा आयोजित समारोहमा करिश्मालाई पार्टी प्रवेश गराए ।
एमाले प्रवेश गर्न करिश्मा रातो सारीमा कार्यक्रमस्थल पुगेकी थिइन् । सुटिङ भइरहेको एउटा म्युजिक भिडियोबाट ब्रेक लिएर उनी एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पुगेकी थिइन् । यसअघि दशरथ रंगशालामा रातो सारी लगाएरै उनी डा. बाबुराम भट्टराईको दल नयाँ शक्ति प्रवेश गरेकी थिइन् ।
Comments







