काठमाडौँ — टर्किस प्रहरीले इस्तानबुलस्थित एक घरबाट ३७ नेपालीहरुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ती सबै नेपाली अवैध रुपमा युरोप छिर्ने तयारीमा थिए । टर्किस अनलाइन ईन सन हाबरका अनुसार पक्राउ परेका सबै नेपालीको साथबाट हिँड्न तम्तयार यात्रु झैं सुटेकस थियो र ती सबै मध्यरातमा अवैध रुपमा ग्रिस छिर्ने तयारीमा थिए ।

इस्तानबुलस्थित नेपालीहरुका अनुसार गत सोमबार पक्राउ परेका नेपालीमध्ये तीन जनालाई कागजपत्रका आधारमा प्रहरीले छोडे पनि अन्य ३४ जना भने प्रहरी नियन्त्रणमै छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।