गायक निमा शेर्पाको स्वर रहेको रेशमैको डोरी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा टिकटकबाट चम्किएकी सुन्दरी मोडल उषा उप्रेती र मोडल बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

गीतकार तथा संगीतकार सिएल शर्माका शब्द तथा संगीत सृजना रहेको गीतको भिडियोमा एक प्रेमील जोडीलेहाँशीखुशी एकसाथ जिन्दगी बिताउने विश्वास लिएको कुरालाई निर्देशक बिक्रम चौहानले कलात्मक शैलीमा तयार पारेका छन् ।

शाहस शाक्यको एरेन्ज रहेको गीतको भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन लक्ष्मन चौहानले गरेका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।